काठमाडौं । अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेपछि सोमबार पोखराबाट पक्राउ परेका थिए । उनले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा आयोगले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
आज प्रसाईंको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको हो ।





























प्रतिक्रिया