प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिअाइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) मा छापा मारेको छ । बैंकको केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसिरहँदा सिअाइबीले छापा मारेर १३* जना भन्दा बढी उच्च अधिकृतलाई पक्राउ गरेकाे हो ।
यस अघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिअाइबीले ति अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो।ब्युरोले मर्ज भएका बैंकहरुका अधिकारीमार्फत करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि शुक्रबार बोर्ड बैठकमै छापा मारेको हो ।
सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले केहीवेरमै घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।
*सम्पादित





























प्रतिक्रिया