काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौं क्षेत्र नम्बर १ बाट बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन् ।
काठमाडौं १ बाट सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका हुन् ।
कांग्रेसले त्यहाँ प्रबल थापालाई उम्मेदवार बनाएको छ । त्यहाँबाट प्रकाशमान सिंह र आचार्यसहित सिफारिस भएका थिए । तर सिफारिसमा नै नपरेका थापालाई उम्मेदवार बनाइएपछि आचार्यले बागी उम्मेदवार बनेका हुन् ।





























प्रतिक्रिया