काठमाडौं । मारुती सुजुकीले भारतमा निर्मित सुजुकी भिक्टोरिसको विश्वव्यापी निर्यात सुरु गरेको छ । कम्पनीले हालै ४५० सवारी साधनको पहिलो ब्याच मुन्द्रा र पिपावाव बन्दरगाहबाट विश्व बजारका लागि पठाएको हो ।
विश्व बजारका लागि भिक्टोरिसलाई ‘एक्रस’ को नामकरण गरिएको छ । मारुती सुजुकीले ल्याटिन अमेरिका, अफ्रिका तथा मध्य पूर्वका १०० भन्दा बढी देशहरूमा यस एसयूभी निर्यात गर्ने योजना बनाएको छ ।
गत वर्ष सेप्टेम्बरमा लन्च गरिएको भिक्टोरिस एक सुबिधा सम्पन्न मिडसाइज एसयूभी हो । नेपाली बजारमा केही दिनअघि मात्र लन्च गरिएको यस एसयूभीले हुन्डाई क्रेटालाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
भिक्टोरिसलाई १.५ लिटर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन, १.५ लिटर स्ट्रङ्ग हाइब्रिड तथा सीएनजी संस्करणमा उपलब्ध गराइएको छ । यस एसयूभीमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प पाउन सकिन्छ ।
साथै, यसको स्ट्रङ्ग हाइब्रिड संस्करणमा भने ई–सीभीटी ट्रान्समिसन दिइएको छ । यो एसयूभी अल ह्विल ड्राइभ विकल्पमा समेत उपलब्ध छ ।





























प्रतिक्रिया