काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता उत्साहजनक र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार, सोमबारको निर्धारित समयमा मुख्य दलका शीर्ष नेता र स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा मनोनयन दर्ता गरिसकेका छन्। आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार अपराह्न ४ः४५ बजेसम्म कुल २ हजार १७ जना उम्मेदवारले दर्ता गराएका छन्। दुर्गम जिल्लाहरू र केही निर्वाचन कार्यालयबाट थप विवरण आउँदै गर्दा उम्मेदवारको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।
देशभर १६५ वटा निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि नै उम्मेदवारहरू बाजागाजा, समर्थक जुलुससहित कार्यालय पुगेका थिए। साँझ ५ बजेसम्म कार्यालय प्रवेश गर्नेहरूलाई दर्ताको समय दिइएको हुँदा अन्तिम नामावली रातिसम्म यकिन हुने निर्वाचन आयोगले जनाएको छ ।
केही स्थानमा, विशेषगरी झापा जिल्लामा सामान्य विवाद र साना झडपका घटना भए पनि समग्रमा मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रहेको जनाएको छ। आयोग अब उजुरी, दाबी विरोध र अन्तिम नामावली प्रकाशन जस्ता चरणमा प्रवेश गर्दैछ ।































प्रतिक्रिया