काठमाडौँ। निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।
पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठनको प्रस्ताव पनि अघि सारेका थिए । तर राष्ट्रपति र संसद्को विधान समितिले तीन अध्यादेश र चार नियमावली स्वीकार नगरेपछि उनले निर्वाचन लड्ने निर्णय लिएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर प्रचार गर्ने तयारी गरेका छन्।
विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ। “छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” सामाजिक सञ्जालमा पुनले भनेका छन्।
































प्रतिक्रिया