काठमाडौं
प्रधानमन्त्री समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेल बीचको सम्बन्ध पछिल्ला दिनहरुमा चिसिएको छ । "/>

यसरी चिसिंदै छ एमालेमा अध्यक्ष र महासचिवको सम्बन्ध !

यसरी चिसिंदै छ एमालेमा अध्यक्ष र महासचिवको सम्बन्ध !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेल बीचको सम्बन्ध पछिल्ला दिनहरुमा चिसिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रूपमा रहेका पोखेरललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । महासचिव पोखरलको सट्टा डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि प्रधानमन्त्री ओली र महासचिव पोखरेल बीच सम्बन्ध बिग्रिएको छ । अर्थमन्त्री बन्ने आकांक्षा सहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोरखेल अन्तिम समय सम्म अर्थमन्त्री हुनेमा ढुक्क हुनुहुन्थ्यो ।

दोस्रोपटक मन्त्रिपरिषद विस्तार हुने दिन बालुवाटारमा प्रधानमन्त्री ओली र पोखरेलबीच मन्त्रालयको विषयमा छलफल भएको थियो । पोखरेलले अर्थमन्त्री बाहेक अन्य मन्त्रालयमा नजाने अडान सहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिबद्धता सहित शपथको तयारी गर्न आग्रह गर्नुभएको एमालेका एक नेताले नेपाल जानकारी दिए । ती नेताले भने– ‘शपथका लागि तयारीको साथ महासचिव पोखरेल शीतल निवास पुग्नु भयो, कुन मन्त्रालय टुंगो लागेको थिएन, शीलत निवास भित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो, त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नु भएको थियो।’

रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका महासचिव पोखरेल रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा पर्नु भएको थियो । तर शीतल निवासमा सबै तयारी भएकाले शपथ लिने निर्णय लिनु भएको एमालेका एक नेताले बताए । खतिवडालाई अर्थमन्त्री बनाएपछि एमाले भित्र विवाद चुलिएको छ । शुरुमा एमाले भित्र खतिवडालाई अर्थराज्यमन्त्री बनाउने विषयमा छलफल पनि चलेको थियो । तर एमाले अध्यक्ष ओलीले उपप्रधान र राज्य नबनाउने भनेपछि अन्तिम अवस्था सम्म पनि पोखरेल अर्थमन्त्री हुनेमा ढुक्क हुनुभएको थियो । तर सपथ लिने बेलामा रक्षा मन्त्रालयको जिम्मेवारी दिएपछि अहिले अध्यक्ष ओलीसँग असन्तुष्ट रहनु भएको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo