बिर्तामोड
ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट पेट्रोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ । बुधबार देखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका छन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अघि मंगलबार देखि नै ढुवानी अवरोध गरेका हुन् ।
ढुवानीमा अवरोध गर्दा पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ । ‘इन्धन ढुवानी व्यवसायीबाट सहयोग पाएका छैनौं,’ कार्यालय प्रमुख सनम कार्कीले भने उनीहरुले ट्यांकर नचलाउँदा यस्तो भएको हो ।’ आपूर्ति रोकिंदा झापाका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् भने केहीले बाँकी रहेका पेटोलियम पदार्थ बिहीबार पनि बिक्री गर्दा ती पम्पहरुमा सवारीसाधनको भिड लागेको थियो । मेची पहाडी जिल्लामा पनि केही हजार लिटर मात्र तेल भएकाले शुक्रबारबाट आपूर्तिमा झनै समस्या आउने प्रमुख कार्कीको भनार्इ छ ।
चालकले प्रतिटयांकर एक सय लिटर सम्म इन्धन चोर्ने गरेको कारण लकिङ प्रणाली लागु गरेको र सोही कुरालाई आधार मानेर उनीहरुले अनावश्यक आन्दोलन गरेको आरोप निगमको अधिकारीहरुको रहेको छ । निगमका कार्यकारी प्रमुख सुशील भट्टराईले लकिङ प्रणाली जडान गरेर कसैको अहित र अप्ठ्यारो पार्ने नियत निगमले नराखेको बताउँदै पेट्रोलियम व्यवसायमा देखिएको समस्या र आलोचना सम्बोधन गर्न जडान गरेकोले यसलाई ट्यांकर मजदुरहरुले पनि सहयोग गर्नु पर्ने बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया