काठमाडौं
एमालेको केन्द्र देखि तल्लो तह सम्मको नेतृत्व स्वेच्छाचारी बनेका कारण पार्टी भित्र दण्डहीनता मौलाएको भन्दै पार्टीको अनुशासन आयोगले दण्डहीनताको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । "/>

नेतृत्व स्वेच्छाचारी भयो : एमाले अनुशासन आयोग

नेतृत्व स्वेच्छाचारी भयो : एमाले अनुशासन आयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमालेको केन्द्र देखि तल्लो तह सम्मको नेतृत्व स्वेच्छाचारी बनेका कारण पार्टी भित्र दण्डहीनता मौलाएको भन्दै पार्टीको अनुशासन आयोगले दण्डहीनताको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । पार्टीको केन्द्रीय कमिटी देखि लिएर तल्लो कमिटीमा नेतृत्वमा रहेका नेताहरूका स्वेच्छाचारी कार्यले दण्डहीनता मौलाएको ठहर सहित एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको हो । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आयोगको बैठकले यस्तो ठहर गरेको छ ।

एमाले अनुशासन आयोगका सदस्य अगम वान्तवाले पार्टीको केन्द्र देखि लिएर तल्लो तह सम्मको कमिटीका नेतृत्वमा देखिएको स्वेच्छाचारिता अन्त्य गर्दै अनुशासन कायम गर्नु पर्ने सुझाव आयोगले दिएको बताए । ‘पार्टीको केन्द्र देखि लिएर तल्लो तह सम्मको कमिटीमा रहेका नेतृत्व वर्गमा व्यक्तिवादी सोच, स्वेच्छाचारिता एवं अनुशासनहीनता देखिएको छ’ वान्तवाले भने, ‘यी कारणले पार्टीको बैठकहरू समेत विधान अनुसार बस्न सकेको छैन, नियमित बैठक सञ्चालन गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता अहिले रहेको छ ।’

पार्टी भित्र बढ्दै गइरहेको दण्डहीनता अन्त्य गर्दै आन्तरिक अनुशासन कायम गर्न आयोगले एमाले नेतृत्वको ध्यानाकर्षण गराउँदै पार्टीलाई वैधानिक रूपमा सञ्चालन एवं देखिएका विकृतिको अन्त्य हुनु पर्नेमा जोड दिएको छ । पार्टीका विविध गतिविधिको विषयमा छलफल गर्दै यस्तो निष्कर्ष निकालेको आयोगका अध्यक्ष अमृतकुमार बोहराले बताए । पार्टीमा बढेको दण्डहीनतासँगै पार्टीमा अनुशासनहीनता समेत बढ्दै गइरहेको आयोगले जनाएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo