काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्ना दुई लोकप्रिय व्यावसायिक सवारी साधन, बोलेरो क्याम्पर र बोलेरो पिकअप लाई नयाँ अपडेटसहित बजारमा सार्वजनिक गरेको छ। यी सवारी साधनहरूलाई पहिलेभन्दा थप आधुनिक, आरामदायी र प्रयोगमैत्री बनाउँदै कम्पनीले नयाँ फिचरहरू समावेश गरेको हो।
महिन्द्राका अनुसार दुवै मोडलमा नयाँ र आकर्षक ग्राफिक्स प्रयोग गरिएको छ, जसले गर्दा यी सवारी साधनको बाह्य स्वरुप पहिलेभन्दा निकै प्रिमियम देखिएको छ। व्यावसायिक कार्यका साथै व्यक्तिगत प्रयोगमा पनि यसले नयाँपन दिने कम्पनीको दाबी छ।
नयाँ बोलेरो क्याम्परमा प्रविधिको उच्च प्रयोग गरिएको छ। यसमा आईम्याक्स टेलिमेटिक्स सिस्टम थप गरिएको छ, जसले सवारीको ट्र्याकिङ र व्यवस्थापनमा सहयोग पुर्याउँछ।
साथै नयाँ डेकल्स, आकर्षक साइड मिरर र नयाँ डिजाइनको डोर ह्यान्डल, पछाडिको सिटमा हेडरेस्ट, प्रभावकारी एयर कन्डिसनिङ र हिटरको सुविधा र ब्लुटुथ कलिङ सपोर्ट सहितको आधुनिक म्युजिक सिस्टम समावेश छन् ।
ग्रामीण भेगका कच्ची सडकदेखि शहरी क्षेत्रको ढुवानीसम्म बोलेरोको बलियो उपस्थितिलाई यी नयाँ सुविधाहरूले अझै प्रभावकारी बनाउने देखिन्छ।





























प्रतिक्रिया