काठमाडौं
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले परिस्थिती बमोजिम काम गर्ने बताएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदले उमेर हद कायम गर्दै ६५ वर्षे उमेर हदका कारण पदमा नरहेको जानकारी गराएपछि भावी प्रधानन्यायाधीशको रुपमा हेरिएका जोशीले कुरा गर्दै परिस्थिती बमोजिम आफू काम गर्ने र तत्काल प्रतिक्रिया दिनु पर्ने केही विषय नभएको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ गराउने क्रममा न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश पराजुली पदमा नरहेको पत्र सार्वजनिक गरेको थियो । परिषदले काटेको पत्रमा ‘न्याय परिषद ऐन, २०७३ को दफा ३१ मा कुनै पनि न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्वन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रावधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषदमा सचिवालयमा रहेको नागरिकता शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४ -११-३० को च.नं. ४२४ /०७४- ७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४ /४ /२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४-११-३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँछु’, उल्लेख छ ।
नागरिकबाट































प्रतिक्रिया