काठमाडौं

राजधानीको गौशालामा रहेको पशुपति भिजन होटलमा गोली चलेपछि गणेश लामा पक्राउ परेका छन् । "/>

डन गणेश लामा गौशालाबाट हतियार सहित पक्राउ

डन गणेश लामा गौशालाबाट हतियार सहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राजधानीको गौशालामा रहेको पशुपति भिजन होटलमा गोली चलेपछि गणेश लामा पक्राउ परेका छन् । गोली चलेपछि होटलमा पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालाई पक्राउ गरेको हो । लामालार्इ एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमु्ख एसएसपी विश्वराज पोखरेलले लामालार्इ हतियार सहित पक्राउ गरिएको पुष्टि गरे । पशुपति भिजन होटलमा गोली चले पनि कोही घाइते भने भएका छैनन् । पक्राउ परेका लामाले भने प्रहरीसँगको बयानका क्रममा होटलमा पसेका दुर्इ युवाले आफूलाई दुई गोली हानेर फरार भएको जनाएका छन् ।

होटलमा गोली चलेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल सहितको टोली पुगेको थियो । पोखरेलले कसैलार्इ गोली नलागेको जनाउँदै लामालार्इ पक्राउ गरेर अनुसन्धान थालिएको बताए । यसअघि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा गच्छदारसँगै कांग्रेसमा फर्केका थिए । उनी गच्छदार कांग्रेसमा फर्किँदा तत्कालीन प्रधानमन्न्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बालुवाटार पसेका थिए ।

गच्छदारसँगै बालुवाटार छिरेका लामा अहिले कांग्रेसमा सक्रिय छन् । लामा गत प्रदेश प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उठेका थिए । तर उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भए । विभिन्न निर्माण काममा पनि हात हालेका लामा विरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले मुद्दा चलाएको थियो । उनी विरूद्ध सम्पत्ती शुद्धिकरण मुद्दा पनि चलाइएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo