गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न पेश गरेको प्रस्ताव सर्वसम्मत स्वकृत भएको हो ।

बैठकपछि शर्माले भने, ‘स्पष्ट ,विनम्र,बोल्ड ढंगले सभापति गगन थापालाई सभापतिको रुपमा अगाडि सार्ने निर्णय गरेको छौं ।’

उनले नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवारमध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने दाबी गरे । ‘नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवार भनेर आउने मध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने सम्भावना छ,’ उनले भने ।

उनले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरे । मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ । संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामथ्र्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।

Skip This
Skip This
Logo