श्रीलंका ‘ए’माथि नेपालको ७ विकेटकाे जित

श्रीलंका ‘ए’माथि नेपालको ७ विकेटकाे जित

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । आइसिसी टी-२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले कोलम्बोमा भएकाे अभ्यास खेलमा श्रीलंका ‘ए’ विरुद्ध ७ विकेटको सानदार जित दर्ता गरेको छ। कसिलो बलिङ र विष्फोटक ब्याटिङको मद्दतले नेपालले घरेलु टोलीलाई १६.२ ओभरमै स्तब्ध पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाएकाे थियाे । श्रीलंकाका लागि करुणारत्नेले ३८ र डिक्वेलाले ३३ रनको योगदान दिए पनि नेपाली बलरहरूका अगाडि अन्य ब्याट्सम्यान टिक्न सकेनन्।

शेर मल्लले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण ४ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए । रोहित पौडेल र नन्दन यादवले १-१ विकेट बाँडे।

यता १३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले सुरुदेखि नै आक्रामक रणनीति अपनाएकाे थियाे । ओपनर कुशल भुर्तेलले ३५ बलमा ४९ रनको उत्कृष्ट इनिङ खेल्दै टोलीलाई बलियो सुरुवात दिलाए । उनी अर्धशतक बनाउनबाट मात्र १ रनले चुके पनि नेपाललाई जीतको नजिक पुर्‍याइसकेका थिए।

मध्यक्रममा आरिफ शेख २४ रन र दीपेन्द्र सिंह ऐरी २२ रन ले अविजित रहँदै नेपाललाई २२ बल बाँकी छँदै सहज जीत दिलाए। कप्तान रोहित पौडेलले पनि १९ रनको योगदान दिए।

यसअघि नेपाल बिहीबार भएको खेलमा नेपाल ७३ रनले पराजित भएको थियाे भने पहिलो अभ्यास खेलमा ४ विकेटको पराजित भएको थियो।

अब नेपाली टोली भारत गएर थप अभ्यास खेलहरू खेल्ने कार्यक्रम रहेकाे छ। मुम्बईमा पहिलो अभ्यास खेल माघ १५ मा खेल्नेछ। यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।

Skip This
Skip This
Logo