काठमाडौं । लेखक, विश्लेषक तथा नागरिक अभियन्ता यूग पाठक ‘नेपाली कम्युनिस्ट पार्टी’ मा प्रवेश गरेका छन्। पाठक शनिबार बिहान सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका शीर्ष नेताहरूले स्वागत गरे ।
आँफूलाई नागरिक अभियन्ताका रूपमा चिनाउँदै आएका पाठकलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नेताद्वय रञ्जिता श्रेष्ठ र पम्फा भुसालले स्वागत गरेका थिए ।
पाठकले लामो समयदेखि विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरूमा लेख तथा विचारहरू लेख्दै आएका थिए।
पार्टी प्रवेश पछी पाठकले अव आँफू नेपाली कम्युनिस्ट पार्टीको सच्चा कार्यकर्ता भएको बताए ।































प्रतिक्रिया