काठमाडौँ,
नेपाल वायु सेवा निगमले वाई १२ जहाज उडान चीनबाट ल्याउन लागेका पाइलटले मासिक नौ हजार डलर तबल मागेका छन् । "/>

नेपाल वायु सेवा निगममा पाइलट अभावः चिनियाँ पाइलटले मागे मासिक ९ हजार डलर !

नेपाल वायु सेवा निगममा पाइलट अभावः चिनियाँ पाइलटले मागे मासिक ९ हजार डलर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
नेपाल वायु सेवा निगमले वाई १२ जहाज उडान चीनबाट ल्याउन लागेका पाइलटले मासिक नौ हजार डलर तबल मागेका छन् । नेपालमा आएर वाई १२ सिरिजका जहाज उडाउँदा आफूहरूले मासिक तलब नौ हजार डलर पाउनु पर्ने माग चिनियाँ पाइलटले गरेको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । नेवानिले वाई १२ जहाज उडाउने पाइलट अभाव थेग्नकै लागि चिनियाँ पाइलट ल्याउन प्रक्रिया अगाडि बढाएको थियो ।

‘तीन पाइलटसँग कुरा भए पनि दुई जनाले मात्रै नेपाल आउने इच्छा देखाएका छन्’, उनले भने, ‘इच्छुक पाइलटको प्रमाणपत्र माग गरेका छौं ।’ नेवानिले भने चिनियाँ पाइलटसँग मासिक सात हजार डलरमा आउन आग्रह गरेको छ । नेवानिले अहिले एयरबस उडान गर्ने विदेशी पाइलटका लागि पनि १० देखि ११ हजार डलर मासिक खर्च गर्दै आएको कंसकार बताउँछन् ।

चिनियाँ पाइलटको विवरण आउना साथ नेपाल नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृतिका लागि निवेदन दिइने कंसाकारको भनार्इ छ । नेवानिसँग चार वटा वाई १२ सिरिजका जहाज भए पनि दुई जना भन्दा पाइलट छैनन् । अहिले चीनबाट ल्याइएको वाई १२ सिरिजका जहाज विमानस्थलमै थन्किएका छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo