काठमाडौँ,
यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको काठमाडौं सिनामंगलस्थित मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ । अस्पतालले घाइतेको सूची सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
अस्पतालका अनुसार पिन्ची धामी, समिना ब्यान्जनकार र एक विदेशी नागरिक इमरान कवीरको आईसीयूमा उपचार भइरहेको छ । धीरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा, कवीर हुसैन, सहिद हसन, मेहन्दी हसन, रिजाना अब्दुल्लाह, डा. इर्जानाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार र केशव पाण्डेलाई विभिन्न अस्पतालमा रिफर गरेको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया