जङ्गलमा मृत भेटिए जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान

जङ्गलमा मृत भेटिए जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान

केन्द्रबिन्दु
36
Shares

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत रहेका एक जना प्रहरी जवान घरडौराको जंगलमा मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका २ रामपुर निवासी हरी जिसी रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेका हुन् ।

यही माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो। खोजी गर्दा घोराही उपमहानगरपालिका १८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम भइसकेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Logo