युवाका लागि सँधै लड्दै आएको छुः डा.शेखर कोइराला

युवाका लागि सँधै लड्दै आएको छुः डा.शेखर कोइराला

केन्द्रबिन्दु
48
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गर्न आफू लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन्।

विराटनगरमा आयोजित युवासँगको अन्तक्रियामा नेता कोइरालाले जेनजी आन्दोलनअघि नै पार्टी भित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न काम गरिरहेको बताए। उनले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन।’

डा. कोइरालाले युवालाई तीन क्लष्टरमा विभाजन गरी प्रतिनिधित्व बढाउनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत, र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्नेछ। उनले थपे, ‘त्यो मात्र हुन सकेमा युवालाई यही देशमा राख्न सकिन्छ।’

साथै, उनले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा युवालाई नेतृत्व तहमा जिताउन योगदान दिएको बताए। उनले भने, ‘मुलुकलाई विकाससँगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ।’

डा. कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’ अभियानमा लागिरहेको भन्दै जस्तोसुकै परिस्थितिमा पनि सुशासनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे।

Skip This
Skip This
Logo