रविमाथि लागेका अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सुनुवाइ जारी

रविमाथि लागेका अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सुनुवाइ जारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ जारी छ।

आज सर्वोच्चका न्यायाधीशद््वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा सुनवाइ भइरहेको हो। यसअघि माघ ८ गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन रिट हेर्न नमिल्ने सूचीमा परेको थियो।

माघ ६ गते न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले उक्त रिटमाथि कारण देखाउ आदेश जारी गर्दै महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

Logo