काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशको महिला समूहतर्फ नेकपा (एमाले)की उम्मेदवार रोशनी मेचे विजयी भएकी छन्।
प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी नमिता न्यौपानेलाई पछि पार्दै मेचे निर्वाचित भएकी हुन् । उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाइन् । उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो।
यता प्रतिस्पर्धी न्यौपानेले भने २ हजार २६८ मत मात्रै प्राप्त गरेकी छन्। एक मत बदर भएको छ।





























प्रतिक्रिया