नयाँ भिसामा कतार जाने प्रक्रिया खुल्यो

नयाँ भिसामा कतार जाने प्रक्रिया खुल्यो

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।
कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पूरा गरि उडान रोकिएकाहरुले अब कतार प्रवेश पाउने भएका छन् । विगत केही समयदेखि कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) भएकाहरूले मात्र प्रवेश पाउँदै आएको भए पनि आउँदो आईतबार अर्थात् नोभेम्बर १५ बाट नयाँ भिसा स्वीकृति सहित प्रवेश अनुमति दिइने भएको छ ।

आप्रवासी कामदार ल्याउने कम्पनीले पछिल्लो समय कतार सरकारले तोकेको सुविधाको मापदण्ड पुरा गरे मात्र निवेदन स्वीकृत हुने प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ । नयाँ कामदारहरूको हकमा पनि कतार प्रवेशको लागि ईन्ट्री पर्मिट, होटेल क्वारेनटाइन र कतार आउनु पूर्वको कोरोना पिसीआर रिपोर्ट अनिवार्य रहने जनाइएको छ ।

कतारको यो निर्णय सँग भिसा प्रक्रिया पूरा गरेर नेपालमै रोकिएका तथा नयाँ कामदारहरूलाई कतार आउने बाटो खुल्ला भएको छ । यसले पछिल्लो समय कतारमा देखिएको कामदारको तरलतालाई पूर्ति गर्ने विश्वास गर्न सकिन्छ ।

Logo