काठमाडौँ
प्रमुख तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय लगायतका सवै विश्व विद्यालयका आङ्गिक तथा सम्वन्धन प्राप्त कलेजहरुमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् । राजधानीमा बसेको वैठकपछि अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ’त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्व विद्यालय, पोखरा विश्व विद्यालय, पुर्वाञ्चल विश्व विधद्यालय, नेपाल संस्कृत विश्व विद्यालय लगायतका सम्पूर्ण विश्व विद्यालय अन्तर्गतका सम्वन्धन प्राप्त तथा आंगिक कलेजहरुमा विद्यार्थीहरुको हकहितका लागि साझा, स्वतन्त्र र निर्वाचित मञ्चको रुपमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न सम्पुर्ण विश्व विद्यालयका उपकुलपति ज्युहरुलाई जोडदार माग गर्दछौं । ’
प्रमुख तीन विद्यार्थी संगठनले नेपालको संविधान अनुरुप शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न यसै शैक्षिक सत्रबाट लागु हुने गरी आधारभुत तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षाको ग्यारेण्टी गर्न सरकारलाई ध्यानाकर्षण गर्ने भएका छन् । उनीहरुले आगामी बजेटमा शिक्षा क्षेत्रको समग्र पुनः संरचनाका लागि कम्तिमा २० प्रतिशत बजेट ग्यारेण्टि गर्न पनि सरकारसँग माग गरेका छन् ।’ विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने सहमति र निर्णय तत्काल कार्यान्वयन गरियोस् ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया