काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ दिएका छन् । आइतबारको संसद बैठकमा थापाले प्रधानमन्त्री माथि विगतमा फाटेको धोती लाउनेको मन मधेसकेन्द्रीत दलबाट मत पाउँदैमा नजोडिने टिप्पणी गरेपछि ओलीले संविधान अपरिवर्तनीय नभएको र आफू संशोधनका लागि तयार रहेको बताए । "/>

संसदमा ओली–थापा जुहारीः गगन थापालाई ओलीको जवाफ

संसदमा ओली–थापा जुहारीः गगन थापालाई ओलीको जवाफ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ दिएका छन् । आइतबारको संसद बैठकमा थापाले प्रधानमन्त्री माथि विगतमा फाटेको धोती लाउनेको मन मधेसकेन्द्रीत दलबाट मत पाउँदैमा नजोडिने टिप्पणी गरेपछि ओलीले संविधान अपरिवर्तनीय नभएको र आफू संशोधनका लागि तयार रहेको बताए ।

‘धोती लाउनेले बिर्सेको छैन भनेर सम्झाउन खोजियो होला’, उनले भने– ‘मैले बारम्बार भन्ने गरेको छु, संविधान अपरिवर्तनीय होइन, कुनै हालतमा संशोधन गर्दैन भनेर हल्ला फैलाइयो । औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुन सक्छ ।’ हिजो संविधान निर्माणका क्रममा दबाब केन्द्रले आफ्नो स्वार्थ अनुकुल बनाउन दबाब दिएको स्मरण गर्दै भने– संशोधनमा स्वार्थ हुनसक्छ । आफ्नो आफ्नो स्वार्थ होला । देशमा यत्रो लडाई भएर शान्ति त आइसक्यो । हिजोको कुरा बिर्सेको छ भन्या छ । लडाइ त सिध्सिक्यो । संविधान परिवर्तनीय र गतिशील दस्तावेज हो । संशोधन हुन्छ ।’

थापाको खबरदारी गर्छौ भन्ने भनाईमा टिप्पणी गर्दै थपे– ‘ओलीले नाजायज काम गर्यो भने कुनै खबरदारी नगर्नुस भन्ने कुरा होइन । दुई तिहाई मत दम्भका लागि होइन देश एकजुट छ भन्ने सन्देश जनता र विश्वलाई दिनका लागि हो ।’ तपाई एमालेको मात्रै प्रधानमन्त्री होइन देशकै हो भन्ने थापाको टिप्पणीमा जवाफ दिँदै ओलीले भने– ‘प्रधानमन्त्री नेकपा एमालेको होइन, माओवादीको होइन, नेपालको हो । त्यस हिसाबले काम गर्छु । एमाले र माओवादीले त जिम्मेवारीमा पठाएको हो, त्यसका लागि मात्रै काम गर्ने भन्ने होइन ।’
नागरिकबाट

Logo