काभ्रे ।
काभ्रेमा आज ४७ जना कोरोना संक्रमित थपिएका छन् ।जिल्लामा आज ५६ जना निको भएका छन् ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार १६६ पुगेको छ । संक्रमित मध्ये १ हजार ६०९ जना निको भएका छन् । जिल्लामा ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट १६, धुलिखेलबाट २३, पनौतीका ३, पाँचखालबाट १, बेथानचोकबाट १, रोशीबाट २ र नमोबुद्धबाट १ जना छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । आज १ हजार ९१३ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ६४ हजार ९९२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३४९ छ ।
आजको पिसिआर परीक्षण १० हजार २२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ४४ हजार ३१७ रहेको छ । आज ३८ हजार ४६१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया