जुम्ला

पातारासी गाउँपालिका ४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो । "/>

एम्बुलेन्स कुर्दा कुर्दै विरामीको बाटैमा मृत्यु

एम्बुलेन्स कुर्दा कुर्दै विरामीको बाटैमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

जुम्ला

पातारासी गाउँपालिका ४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो । ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान गएको हो । घरबाट साँढे दुई घन्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतीक्षा गर्दा गर्दै उनको निधन भएको हो । यसअघि पनि पातारासीकै विभिन्न बस्तीबाट उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धेरै बिरामीको अकालमा ज्यान गएको छ । अकस्मात चोटपटक लाग्दा होस् वा प्रसूति व्यथा लाग्दा, बिरामी अस्पताल सम्म पुग्नै भ्याउँदैनन् ।

‘घर सम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनु पर्ने थिएन’, मृतकका छोरा लालु बुढाले भने, ‘गाउँपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन । प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाइ हुँदा बाबाको मृत्यु भयो । सामान्य अक्सिजन नपाएरै बुबाले ज्यान गुमाउनु परेको उनले गुनासो गरे । उनका अनुसार बुबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आतेजाते १२ सय भाडा पनि असुल्यो । पातारासी गाउँपालिकाका धेरैजसो आपतकालीन बिरामीलाई घरायसी तथा प्राथमिक उपचारपछि स्टे«चरमा बोकेर थप उपचार गर्न प्रतिष्ठान लैजाँदै गर्दा ढिलो भएका कारण बाटोमै ज्यान गुमाउनु परेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मैया महताराले बताइन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo