बीमा प्राधिकरणको जिम्मेवारी चन्द्रकला पौडेललाई

बीमा प्राधिकरणको जिम्मेवारी चन्द्रकला पौडेललाई

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेलले पाएकी छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत पौडेललाई सरकारले जिम्मेवारी दिएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्ेमवारी दिने निर्णय गरेको हो ।

ऐनमा अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo