भृकुटीमण्डपमा बजाज ‘नेक्स्ट जेन महाएक्सचेन्ज कार्निभल’ सुरु, आकर्षक एक्सचेन्ज अफर

भृकुटीमण्डपमा बजाज ‘नेक्स्ट जेन महाएक्सचेन्ज कार्निभल’ सुरु, आकर्षक एक्सचेन्ज अफर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। यही माघ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर 220F FI BS6 को औपचारिक सार्वजनिक गरिएको छ। कार्निभलमै पहिलोपटक सार्वजनिक गरिएको यस मोडलले बजाजप्रेमीहरूमा थप उत्साह जगाउने अपेक्षा कम्पनीले गरेको छ। फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन प्रविधि, एबीएस र नयाँ आकर्षक ग्राफिक्ससहितको पल्सर 220F FI BS6 को शुरुवाती मूल्य रु. ४ लाख ३९ हजार ९ सय तोकिएको छ।

कार्निभल अवधिभर पुराना मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूका लागि विशेष एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छ। नागरिकताको आधारमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी अनुभवी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। बजार मूल्यभन्दा बढी रु ८ हजारसम्म अतिरिक्त भ्यालुएसन प्राप्त गर्न सकिने सुविधा पनि प्रदान गरिएको छ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीका अनुसार, यो कार्निभल नयाँ मोटरसाइकल खरिदको योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा उपलब्ध हुने सुनौलो अवसर हो। पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकहरूलाई थप विश्वास र सुविधा प्रदान गर्ने कम्पनीको विश्वास छ।

बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभलसम्बन्धी थप जानकारी नजिकको बजाज शोरूम तथा बजाजका आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Logo