झापा ५ मा साझा मञ्चमा उभिएर जनसवाल गर्न ओली र बालेनलाई रञ्जित तामाङको चुनौती

झापा ५ मा साझा मञ्चमा उभिएर जनसवाल गर्न ओली र बालेनलाई रञ्जित तामाङको चुनौती

केन्द्रबिन्दु
129
Shares

काठमाडौं। झापा–५ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलाई साझा मञ्चमा उभिएर सार्वजानिक बहस गर्न चुनौती दिएका छन् ।

कमल गाउँपालिकास्तरीय पार्टी भेलामा बोल्दै तामाङले चुनाव अब नाराबाट नभएर जनताको साझा मञ्चमा उभिएर जनसवालको जवाफ दिने साहसबाट जित्नुपर्ने बताएका छन्।

जनताको प्रतिनिधि बन्न खोज्नेहरू जनताबाट भाग्न नमिल्ने भन्दै तामाङले नेतृत्वले खुला बहसमा आएर आफ्ना योजना, विगत र आगामी प्रतिबद्धताको हिसाब दिन सक्नुपर्ने बताए ।

समय धेरै अगाडि बढिसक्दा पनि चुनावी संस्कार अझै पुरानै शैलीमा सीमित रहेको भन्दै तामाङले नयाँ भनिनेहरू नै जनता र मिडियाको सामना गर्न डराइरहेको आरोप लगाए ।

उनले लोकतन्त्रको सार बहस र जवाफदेहितामा हुने उल्लेख गर्दै सार्वजनिक मञ्चमा नीति, कार्यक्रम र दृष्टिकोण राख्न नसक्ने नेतृत्वले परिवर्तनको कुरा गर्न नसुहाउने जिकिर गरे ।

सामाजिक सञ्जालमा गरिने पोस्ट र स्टाटसले मात्र नेतृत्व नहुनेमा जोड दिँदै तामाङले जनताका प्रश्नको सामना जनताकै अगाडि बसेर गर्न सक्नुपर्ने बताए।

Skip This
Skip This
Logo