कास्की। कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा यसपटकको चुनाव सामान्य प्रतिस्पर्धा जस्तो छैन । वर्षौंदेखि दोहोरिँदै आएको निराशा, भ्रष्टाचार र खोक्रा आश्वासनप्रति जनआक्रोश बढ्दा, मतदाताले पुरानो राजनीतिक संरचनाविरुद्ध निर्णायक कदम चाल्ने आकलन गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरण थापा यही जनआक्रोशको केन्द्रविन्दु बनेका छन्। उनी चुनावी भाषण मात्र गर्ने नेता होइनन्, जनताको दुःख–सुखमा सँगै उभिने नेता भएकाले जनसमर्थन अभूतपूर्व रूपमा बढेको नेकपा कास्कीले जनाएको छ । थापाले आफ्नो चुनावी अभियानलाई तिव्र रुपमा अगाडी बढाएका छन् । जनताको सुख दुखमा हातेमालो गर्दै आएका थापालाई स्थानिय जनताको साथ र समर्थन रहेको अभियानमा संलग्न नेकपाका एक नेताले बताएका छन् । उनका अनुसार स्थानीय मतदाताबीच कास्की–२ को भविष्य पुरानो अनुहारबाट नभएर साहसी र इमानदार नेतृत्वबाट निर्माण हुनुपर्छ भन्ने धारणा फैलिरहेको छ ।
किरण थापाले विगत देखिनै भ्रष्टाचार विरुद्धको संघर्ष, जनमुखी विकास नीति, युवाको भविष्य सुरक्षित गर्ने कार्यक्रम र श्रमिक–किसानको अधिकारको पक्षमा स्पष्ट अडान राख्दै आएका छन्। उनका यी प्रतिबद्धताले चुनावी वातावरणमा नयाँ उर्जा थपेको स्थानिय स्यामकुमार जैसीले बताए ।
राजनीतिक विश्लेषकहरुले कास्की–२ मा भइरहेको प्रतिस्पर्धा सामान्य चुनाव नभएर पुरानो सत्ता र राजनीतिविरुद्ध नयाँ जनमुखी शक्तिको निर्णायक टक्कर भएको बताएका छन् ।































प्रतिक्रिया