चैतको पहिलो साता मात्र मन्त्रिपरिषद्को पूर्णता: सचिव भट्टराई

चैतको पहिलो साता मात्र मन्त्रिपरिषद्को पूर्णता: सचिव भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आगामी चैतको पहिलो सातामा मात्र सरकारले पूर्णता पाउने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठक शुरुअघि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तराई केन्द्रित दललाई पनि सरकारमा ल्याउन पहल जारी राख्नुभएको तथा राष्ट्रपति सभामुख पदको निर्वाचन पनि यसैबीचमा भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए । 

“सरकारलाई राष्ट्रियस्वरुप दिन अन्य दललाई पनि समेटेर लैजान हामी खोजिरहेका छौँ, तराई केन्द्रित दलले माग गरेको संविधान संशोधनमा हामी जनताको हित र आवश्यकताका आधारमा लचिलो हुन तयार छौँ,” सचिव भट्टराईले भन्नुभयो, “हामी राष्ट्रपति/सभामुखमा सकेसम्म सर्वसम्मत र नभए धेरैभन्दा धेरै मत आओस् भनेर अरु दलसँग परामर्शमा छौँ ।” 

सचिव भट्टराईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकता सम्भवतः आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन गर्ने गरी दुई पार्टीबीच छलफल भइरहेकोे जानकारी दिनुभयो । दुई पार्टीबीच एकताका लागि गठित कार्यदलले काम गरिरहेको पनि उहाँले बताउनुभयो । रासस

Skip This
Skip This
Logo