टेरामक्स भ्रष्टाचार प्रकरण : खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश[पूर्ण पाठसहित]

टेरामक्स भ्रष्टाचार प्रकरण : खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश[पूर्ण पाठसहित]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत समेत जोडिएको टेरामक्स खरिद सम्बन्धी मुद्दामा विशेष अदालतले खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मगंलबार उक्त आदेश गरेको हो ।

बस्नेत सञ्चारमन्त्री भएको बेला २०७३ मा खरिद प्रक्रिया अगाडि बढेको थियो । त्यसपछि मन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीले पनि निरन्तरता दिए । त्यो प्रकरणलाई सचिवको हैसियतमा अर्यालले साथ दिइरहेका थिए । त्यसैले, यो छानबिनमा उनीहरू तानिने सम्भावना थियो । बस्नेत २०८० मा स्वास्थ्यमन्त्री भएपछि नै अनियमितताबारे बयान दिनुपरेको थियो, जतिबेला कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार थियो र प्रचण्ड प्रधानमन्त्री थिए ।

सञ्चार मन्त्रालयका सचिव, मन्त्रीहरूको मिलेमतोमा प्राधिकरणले कानुनी पूर्वाधारबिना विवादास्पद प्रणाली खरिद गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो ।

Skip This
Skip This
Logo