घर सजाईदिने एप

घर सजाईदिने एप

केन्द्रबिन्दु
0
Shares

घर बनाउन जति झंझटिलो हुन्छ घर बनेपछि सजाउन त्यत्तिनै अप्ठ्यारो पनि हुने गर्छ ।

बैठक कोठमा कस्तो किसिमको फर्निचर राख्ने, कुन रंगको पर्दा लगाउने, रंग कस्तो राखेमा राम्रो होला, कतातिर फर्निचर राख्दा कोठा फराकिलो देखिएला आदी जस्ता किसिमका समस्याले धेरै नयाँ घरधनीहरुको मस्तिष्कलाई रणभुल्लमा पार्ने गरेको हुन्छ । कतिपयलाई बगैंचा आकर्षक बनाउनु पर्छ भन्ने हेक्का हुन्छ । तर कसरी बनाउने भन्ने कुराको कुनै पनि आईडिया हुदैंन ।

यो समस्यालाई समाधान गर्न अहिले इन्टेरियर डिजाइनर देखि ल्याण्डस्केपिङ गर्ने ब्यक्तिहरु प्रशस्तै पाउने गरेका पनि छन् । तर उनीहरुले यि काम गरेको शुल्क चर्कै लिने गर्छन् । उनीहरुलाई धेरै पैसा पनि खर्च गर्न नचाहने तर आकर्षक पनि चाहिने घरधनीहरुलाई लक्षित गरेर धेरै किसिमका मोवाइल एपहरु आएका छन् । सबै एपका आ–आफ्नै किसिमका बिशेषता भएपनि हाउज एप भने तपाईको घर सजाउने धेरै किसिमका उपायहरुको समाधान गर्ने उद्धेश्य लिएर आएको छ ।

निशुल्क रुपमा डाउनलोड गर्न मिल्ने यो एप मार्फत् घरधनीले कोठाको स्थिती देखाएपछि कस्तो किसिमको फर्निचर, कतापट्टि राख्ने देखि यावत कुराहरुको सल्लाह दिने गर्छ । यदी यो एपको सहयोग विना नै तपाईले कोठा सजाउनु भएको छ र यो एपलाई देखाउनु भयो भने यसले थप आकर्षक बनाउने सल्लाह समेत दिन्छ । यदी सजाउदा तपाईले गलत किसिमको फर्निचर खरिद गर्दै हुनुहुन्छ भने यो एपलाई देखाउदा यसले किन्ने कि नकिन्ने भनेर सल्लाह पनि दिन्छ ।

यस्तै गरी तपाईले आफ्नो गार्डेको स्केच देखाउनु भयो भने कस्तो किसिमको ल्याण्डस्केप गर्दा राम्रो देखिन्छ भन्ने कुरा स्केच मार्फत् देखाउछ । अझैं त्यहाँ तपाईले कस्तो किसिमको फुल र विरुवा रोप्नु भयो भने राम्रो देखिन्छ भनेर पनि सुझाव समेत दिन्छ ।

यिनै सुविधाहरु रहेको कारण हाउज एपलाई ४ करोड भन्दा बढी पटक डाउनलोड गरिसकिएको छ । यो एपको मुख्य बिशेषता भनेकै प्रयोगकर्तालाई धेरै किसिमको च्वाईस दिनु, रंगको छनोट गर्ने सल्लाह र डिजाइनमा ब्यापकता रहेको छ । यो एपलाई अनलाईन भएर चलाउनु भयो भने तपाईले अझै नसोचेको सल्लाहहरु पाउनु हुने छ ।

Skip This
Skip This
Logo