चित्रबहादुर केसीको जनमोर्चाले ल्यायो चुनावी घोषणापत्र

चित्रबहादुर केसीको जनमोर्चाले ल्यायो चुनावी घोषणापत्र

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्ने दल जनमोर्चा पहिलो बनेको हो ।

घोषणा पत्रको पहिलो खण्डमा अध्यक्ष केसीको अपील राखिएको छ, जहाँ पार्टीका उम्मेदवारहरूलाई किन र केका लागि मतदान गर्ने प्रष्टीकरण छ । यस्तै, दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको देशको राजनीतिक अवस्थाबारे विश्लेषण छ । जनमोर्चाले कुशासन र भ्रष्टाचारका कारण भदौ २३ गतेको जेनजी आन्दोलन भएको विश्लेषण गर्दै आन्दोलनलाई विदेश शक्तिको आडमा हाइज्याक गरी देश जलाइएको आरोप लगाएको छ ।

जेनजी आन्दोलनलाई गम्भीर षडयन्त्रका रुपमा जनमोर्चाले औंल्याएको छ । यस्तै, तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवाललाई स्थान दिइएको छ । राजमोले कालापानीलगायत भारतद्वारा अतिक्रमित भू–भाग फिर्ता हुनुपर्ने, अमेरिकी सहायता परियोजना एमसीसी खारेज गरिनुपर्ने, एसपीपी सम्झौता हुन नहुने माग गरेको छ ।

जनमोर्चाले यातायात क्षेत्रको समग्र विकास, लुम्बिनी पुरातात्विक सहर निर्माण, पहाडबाट तराई झर्ने क्रम रोक्न पहाडमै आधारभूत विकास निर्माण, यातायात दुर्घटना न्यूनीकरण लगायतका सवाल उठाएको छ । यस्तै, विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्न पनि घोषणा पत्रमार्फत जोडदार माग गरेको छ ।

Skip This
Skip This
Logo