शंकर पोखरेलको चुनावी नारा : फोरलेन सडकदेखि ४०० बेडको अस्पतालसम्म

शंकर पोखरेलको चुनावी नारा : फोरलेन सडकदेखि ४०० बेडको अस्पतालसम्म

केन्द्रबिन्दु
42
Shares

रूपन्देही। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ का उम्मेदवारको हैसियतमा दाङको समग्र विकासका लागि आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

पोखरेलले लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण, ३५० बिघा घोराही औद्योगिक क्षेत्र, ४०० बेडको नयाँ अस्पताल र मेडिकल कलेज पूर्वाधार, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन, तुल्सीपुर विमानस्थल विस्तारजस्ता योजनालाई प्राथमिकतामा राखेका छन्।

उनले ग्रामीण सडक कालोपत्रे, शहरी फुटपाथ, सामुदायिक विद्यालय सुधार, स्वास्थ्य बीमा विस्तार, कृषिको आधुनिकीकरण, युवाका लागि सहुलियत ऋण र लगानीकर्ताका लागि आयकर छुट समेत प्रतिबद्धतामा समेटेका छन्। पोखरेलले अब “ज्ञापनपत्र बोकेर हिँड्ने होइन, निर्णय गर्ने र कार्यान्वयन गर्ने दाङ” बनाउने संकल्प व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo