प्रधानमन्त्री केपी ओलीले आफुले पनि भ्रष्टचार नगर्ने र गर्ने जोकसैलाई पनि नछाड्ने बताएका छन् ।
शुक्रबार विहान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा निर्माण हुने ६५० शैय्याको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने- ‘म र मेरो नेतृत्वको सरकारले भ्रष्टचार गर्दैन, गर्ने कसैलाई छोड्दैन ‘।
मुलुकको प्रगति र विकासको बाधक हुन् कसैलाई छुट नहुने बताउदै प्रधानमन्त्री ओलीले भने- ‘यदि कसैलाई थकाइ लागे छोडे हुन्छ, अर्को आउँछ काम गर्छ । मलाई पनि काम गर्न थकाई लागे वा मन नलागे बाटो छोडिदिन्छु ।’
शिलान्यास भएका योजना समयमै सकिनुपर्ने बताउदै ओलीले एउटै पुल ११ पटकसम्म शिलान्यास गर्ने परम्पराको अन्त्य हुने बताए । उनले अनुगमनमा गएको मान्छेमाथि पुनः अनुगमन गर्ने समेत बताए । एक अर्को प्रसङ्गमा ओलीले सरकारी अस्पतालभन्दा नीजि अस्पताल राम्रा हुन्छन् भन्ने सोच गलत भइसकेको भन्दै नीजि अस्पतालमा हुने लापरवाही कस्तो हुन्छ भन्ने हालै देब्रे खुट्टाको अप्रेशन गर्न जाँदा दाहिनेको अप्रेशन भएको घटना स्मरण गरे ।
यस्तो हुनेछ भवन
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण हुनेछ । अस्पतालको आकस्मिक कक्षअगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा भवन बन्नेछ । उक्त भवनमा ६ सय ५० शय्या हनेछ।
भवन जेडआइइसी–शर्मा–रसुवा जेभी’ नामक कम्पनीले निर्माण गर्ने भवनका लागि २ अर्ब ३४ लाख ७२ हजार ९ सय पन्चानब्बे रुपैयाँ खर्च हुनेछ। दुई तला भूमिगत पार्किङ र जमिनमाथि ७ तला रहने छ।
उक्त कम्प्लेक्समा १५ वटा मेजर शल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछन्। यसका साथै आधुनिक उपकरणहरु पेटस्क्यान, एमआरआई, सिटीस्क्यान लगायतका सेवा समेत हुने जनाएको छ ।





























प्रतिक्रिया