खल्तीले ल्यायो ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान

खल्तीले ल्यायो ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चरममा पुगेको छ। यही उत्साहलाई अझ उचाइमा पुर्‍याउने उद्देश्यका साथ नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ” नामक आकर्षक अभियान सार्वजनिक गरेको छ।

यो अभियानमार्फत खल्तीले नेपाली क्रिकेट प्रशंसकहरूको सपना साकार पार्ने लक्ष्य लिएको छ। अभियानअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्च खल्तीले नै बेहोर्ने गरी प्रत्यक्ष रंगशालामा बसेर टी–२० विश्वकप हेर्ने अवसर प्राप्त गर्नेछन्। नेपाली टोलीको विश्वकप यात्रालाई उत्सवका रूपमा मनाउन ल्याइएको यो अभियानले प्रयोगकर्तालाई विशेष अनुभव दिने खल्तीको दाबी छ।

अभियानलाई अझ रोचक बनाउन खल्तीले ‘गेमिफाइड’ प्रणाली अपनाएको छ। प्रयोगकर्ताले खल्ती एपमार्फत मान्य कारोबार गर्दा डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्। प्रत्येक स्क्र्याच कार्डमा राष्ट्रिय क्रिकेट टोलीका ११ मध्ये कुनै एक खेलाडीको कार्ड हुनेछ। बम्पर उपहारका लागि योग्य हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ।

अभियानमा बम्पर पुरस्कारसँगै विभिन्न माइलस्टोन पुरस्कारहरू पनि राखिएका छन्। २, ५, ७ र ११ वटा युनिक खेलाडी कार्ड संकलन गर्दा प्रयोगकर्ताले प्रोमोकोड प्राप्त गर्नेछन्। त्यसैगरी, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट प्रत्येक १४ दिनमा एक जनाले ब्रान्ड न्यू HONOR X9d स्मार्टफोन जित्ने अवसर पाउनेछन्। ११ वटै कार्ड संकलन गर्ने प्रयोगकर्ता अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछ।

यो अभियान २०८२ माघ १३ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले युटिलिटी बिल भुक्तानी, मोबाइल टप–अप तथा अन्य दैनिक कारोबार खल्ती एपमार्फत गरी अभियानमा सहभागी हुन सक्नेछन्।

Skip This
Skip This
Logo