काठमाडौं
राष्ट्रिय गौरवको रूपमा घोषणा गरिएका सबै आयोजनाको निर्माण कार्य उत्साहजक हुनु पर्ने अपेक्षा गरिएको बेला चार वटाको मात्र खर्च प्रगति उत्साहजनक रहेको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिने अवधि सम्म उत्साहजक क्षमता प्रदर्शन गर्ने गौरवका आयोजनामा भेरीबबई डाइभर्सन, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण लोकमार्ग र हुलाकी सडक हुन् । पाँच गौरवका आयोजनाका अवस्था दयनीय, चारवटा उत्साहजनक रहेको बेला अन्य १२ आयोजनाले औसत रूपमा बजेट खर्च गर्न सकेका छन् । जबकि राष्ट्रिय गौरव घोषणा गरिएका सबै आयोजनाको वित्तीय र भौतिक प्रगति उत्साहजनक हुुनु पर्ने सर्वसाधारणको बुझार्इ रहँदै आएको छ ।
राष्ट्रिय गौरव भनिए पनि वर्षौंं देखि तिनै आयोजनामा बजेट विनियोजन गर्ने तर सधैं खर्च गर्न नसक्ने संरचनाले गर्दा सर्वसाधारणको समयमै विकास पाउने चाहना पूरा हुन सकेको छैन । राष्ट्रिय गौरव भनिएका आयोजनामा वर्षौं देखि काम भइरहँदा नियमित योजना र राष्ट्रिय गौरवका आयोजनामा के फरक भन्ने प्रश्न गर्न थालिएको छ । चालु आर्थिक वर्षको ६ महिना सम्म चार आयोजनामा बजेट खर्च उत्साहपूर्वक भए पनि समग्रमा भने लामजर्दो अवस्था छ ।
मन्त्रालयका अनुसार २१ राष्ट्रिय गौरवका आयोजनाका लागि चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको ६३ अर्ब ७० करोड ५४ लाख ४४ हजार रुपैयाँ मध्ये ६ महिनाको अवधि सम्म १२ अर्ब पाँच करोड ३५ लाख ९७ हजार रुपैयाँ खर्च हुन सकेको छ । ६ महिनाको अवधिमा १८.९२ प्रतिशत बजेट खर्च गर्न सकेका ती आयोजनाले बाँकी ६ महिनामा ८१ प्रतिशत भन्दा बढी विनियोजित रकम कसरी खर्च गर्न सक्छन् भनेर प्रश्न गर्न थालिएको छ ।
नागरिकबाट































प्रतिक्रिया