लगातार बढ्दै आएको सुनचाँदीकै मूल्यमा आज घट्यो, कतिमा हुँदैछ कारोबार?

लगातार बढ्दै आएको सुनचाँदीकै मूल्यमा आज घट्यो, कतिमा हुँदैछ कारोबार?

केन्द्रबिन्दु
66
Shares

काठमाण्डौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा सुन र चाँदी दुवैको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। सुनको यो भाउ हालसम्मकै सबैभन्दा महँगो हो।

बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ५०५ कायम भएको थियो ।

Skip This
Skip This
Logo