काभ्रे
१०८ औँ अन्तराष्ट्रिय महिला दिवस मनाईरहेका सन्दर्भमा सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ तर यो यर्थाथ हो । जसले एक वर्ष सम्म श्रम बापत एक पाथी मकै वा दुई सय रुपैयाँ पाउँछन् । उनी हुन काभ्रेको साविक बल्थली गाविसकी ६३ वर्षिया कान्छीमाया नेपाली ।
सहरका विभिन्न ठाउँमा अन्तराष्ट्रिय महिला दिवसका अवसरमा कार्यक्रम गरी मनाई रहँदा कान्छीमाया भने गाउँ गाउँमा पुगेर लुगा सिलाइरहेको भेटिइन् । उनले भेटको क्रममा आफुलाई नारी दिवस भनेको के हो भन्ने समेत थाहा नभएको बताइन् । उनले यसरी गाउँगाउँमा गएर लुगा सिलाउने काम गरेको तिन दशक बितेको छ । उनका अनुसार अहिले सम्म पनि एक बर्ष भरीको आफ्नो पारिश्रमिक बराबरको ज्याला दिनेले एक पाथी मकै र मकै नदिनेले दुई सय रुपैयाँ दिन्छन् र उनी त्यसैमा चित्त बुझाउने गर्छिन् ।
उमेरले ६३ वर्ष पुगेकी नेपालीले बर्षभरी गाउँघरका आफ्ना विष्ट (ग्राहक) को लुगा सिलाए बापत प्रत्येक घरधुरीसँग एक पाथी मकै र दुई सय रुपैयाँ लिने गर्छिन् । सदियौं देखि चलिआएको वालि घरेप्रथा निर्मुल हुन नसक्दा आफूहरुले काम गरे बापतको मूल्य नपाएको गुनासो कान्छीमाया नेपालीको छ । अझै पनि ग्रामिण भेगमा छुवाछुत प्रथा हट्न सकिरहेको छैन त्यस माथि सदियौं देखि चलिआएको बालिघरे प्रथामा उनीहरु चित्त बुझाउन बाध्य छन् । वालीघरे प्रथा अनुसार उनीहरु परिवारबाट भिन्न हुँदा ग्राहकको पनि अशंबण्डा गर्ने गरेको विश्वकर्मा बताउँछिन् ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया