‘झापा -५ मा एमालेलाई कुनै जोखिम छैन, बाँकी सामाजिक सञ्जालको हल्ला मात्रै’ -शंकर पोखरेल

‘झापा -५ मा एमालेलाई कुनै जोखिम छैन, बाँकी सामाजिक सञ्जालको हल्ला मात्रै’ -शंकर पोखरेल

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जोखिम नरहेको दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा झापा ५ मा सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सुरक्षित अवस्थामा रहेको पार्टीको विश्लेषण रहेको जानकारी दिएका हुन् ।

‘मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं । त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’ उनले भने, ‘भूराजनीतिक द्धन्द्धमा नेपाललाई फसाउने, कठपुतली सरकार बनाउने र फेरि पनि कठपुतली सरकार नै बनाउने योजना भएको छ । चुनावबाट जेलेन्सी जन्मउने योजना अगाडि सारिएको छ । एमाले यस्तो योजनालाई असफल बनाउने र चिर्ने काममा लागेको छ ।’

झापा–५ मा एमालेका अध्यक्ष ओलीलाई योपटक काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर एवं रास्वपाको वरिष्ठ नेता बालेन शाहले टक्कर दिएका छन् । यसरी ओली र बालेनबीचको चुनावी प्रतिस्पर्धाले झापा–५ का मतदाताले ‘दबाब र प्रभाव’को ठूलै सामना गर्नुपरिरहेको छ ।

Skip This
Skip This
Logo