घुमन्ते उम्मेदवारलाई घुमाइदिनुस्, भोट एमालेलाई दिनुस् : महेश बस्नेत

घुमन्ते उम्मेदवारलाई घुमाइदिनुस्, भोट एमालेलाई दिनुस् : महेश बस्नेत

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन्।

राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकमा उनले मतदाताहरूसँग आग्रह गरे कि घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउनुपर्छ र रैथाने उम्मेदवारलाई मतदान गर्नुपर्छ। उनले भने, “अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ । घुमन्तेलाई घुमाइदिनुस्, विकास, समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्।”

सचिव बस्नेतले झापा लगायत देशभरका मतदातालाई रैथाने उम्मेदवारलाई नै मतदान गर्न अनुरोध गरे। उनले थपे, “यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ। नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद।”

बस्नेतले आफ्नो पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको पनि बताए ।

Logo