काठमाडौँ

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको सरकारमा जान तीन शर्त राखेको छ । "/>

सरकारमा जान ओलीसँग राजपाका तीन शर्त

सरकारमा जान ओलीसँग राजपाका तीन शर्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको सरकारमा जान तीन शर्त राखेको छ । राजपाका महासचिव मनिष सुमनले सरकारमा जान तीन वटा ठोस प्रस्ताव राखेको जानकारी दिएका छन् । राजपाले मुद्दा फिर्ता गर्नु पर्ने, मधेस आन्दोलनमा सहादत प्राप्त गरेका रघु साफी लगायतलाई सहिद घोषणा गर्नु पर्ने र संविधान संशोधन गर्नु पर्ने ठोस प्रस्ताव राखेको छ । महासचिव सुमनका अनुसार राजपाले ठोस प्रस्तावमा सरकारको दृष्टिकोण सार्वजनिक रुपमा आउनु पर्ने माग गरिएको छ । उनले तीन प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता आएमा सरकारमा जाने बताए । राजपा महासचिव सुमनले सरकारमा जान राजपाले सम्झौता वा वार्ता गर्न नचाहेको बताए ।

प्रधानमन्त्रीको सार्वजनिक प्रतिवद्धता व्यक्त गरिदिए पुग्छ, पहिला जस्तो ४५ औँ पटक वार्ता र ३० औँ बुँदे सम्झौता गरी रहन पर्दैन, उनले भने । सुमनले प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धता आएमा तत्काल केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्ने बताए । प्रदेश सभा सदस्य रहेका सुमनले यथार्थमा राजपालाई सरकारमा समावेश हुने जनादेश नभएको प्रष्ट्याएका छन् । उनले भने, ‘हामीलाई सरकारमा समावेश हुने जनादेश छैन, तर देश बनाउने सहकार्य गरौँ भनेर प्रधानमन्त्रीबाट प्रस्ताव आएकोले हामी तयार भएका हौं ।’  अन्नपूर्णबाट

Skip This
Skip This
Logo