चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् ।
आज दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।





























प्रतिक्रिया