स्मार्टफोन कम्पनीहरु विच बढिरहेको अन्तराष्ट्रिय प्रतिस्पर्धाका कारण आम उपभोक्ताले विभिन्न किसिमका स्मार्टफोनहरु ईच्छा अनुसार किन्ने अवसर पाईरहेका छन् । सुविधा दिनमा एक पछि अर्को विच प्रतिस्पर्धा चलेकै कारण बजारमा आएका धेरै स्मार्टफोनहरु अहिले धेरै पक्षमा राम्रा, उपयोगी र गुणस्तरीय रहेका छन् । तर यसमा उपभोक्तालाई के चाही अप्ठ्यारो छ भने अधिकांश मोवाइल फोनका खरिदकर्ताहरु मोवाइलमा रहेको सुविधालाई हेर्नु भन्दा पनि त्यसको मुल्य हेरेर खरिद गर्ने बानि परेको छ । त्यसैले यो बर्ष पनि धेरै किसिमका स्मार्टफोनहरु बजारमा आउदै छन् । यदी तपाई पनि स्मार्टफोन खरिद गर्ने सोचाईमा हुनुहुन्छ भने यि कुराहरुलाई बिशेष ध्यान दिएर मात्र गर्नुहोला ।
र्याम:
स्मार्टफोनलाई छरितो रुपमा चलाउने भनेकै त्यसमा रहेको र्यामले हो । स्मार्टफोन पिच्छे र्यामको सुविधाहरु फरक फरक हुने गरेको छ । र्याम बढी भएमा तपाईले आफ्नो स्मार्टफोनमा रहेको एप्पहरुलाई सजिलै चलाउन सक्नुहुने छ । त्यसैले स्मार्टफोन खरिद गर्दा त्यसमा रहेको र्यामको क्षमतलाई पनि हेर्ने गर्नुपर्छ । सकभर र्याम ४ जिबी भन्दा बढी भएमा राम्रो हुन्छ ।
स्टोरेज:
स्मार्टफोन निर्माताहरुले प्रयोगकर्तालाई सुविधाको रुपमा स्टोरेज क्षमता दिन माइक्रो एसडी कार्ड राख्न मिल्ने सुविधा दिएका हुन्छन् । कतिपयले इन्टरनल स्टोरेजको पनि सुविधा राखेका हुन्छन् । यस्तो अवस्थामा स्मार्टफोन खरिद गर्दा स्मार्टफोनमा रहेको इन्टरनल स्टोरेज र माइक्रो एसडी कार्ड राख्न मिल्ने सुविधा भएका मोवाइल सेट खरिद गर्नु राम्रो हुन्छ । यसो गर्नाले तपाईले चाहे अनुसार फोटो, भिडियो र गीत राख्न पाउनु हुनेछ ।
डिस्प्ले:
स्मार्टफोन चलाएपछि यसको डिस्प्ले पनि राम्रो हुनुपर्छ । डिस्प्लेको कलर डेप्थ, रियालिटी पिक्चरले गर्दा भिजुएल एक्सपिरियन्सलाई राम्रो बनाउछ । अझ डिस्प्ले एचडी भएमा फोटो र भिडियो हेर्दा धेरै गुणस्तरीय देखिन्छ । स्मार्टफोन खरिद गर्दा यदी स्क्रिनको रिजोलुसन १९२० X १०८० भएमा राम्रो हुन्छ ।
ब्याट्री:
यदी तपाई स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने त्यसको ब्यट्री क्षमतालाई पनि ध्यान दिनु पर्छ । यदी स्मार्टफोनमा ३००० एमएएच भन्दा बढी क्षमताको ब्याट्री रहेको छ भने त्यो स्मार्टफोन केही लामो समयसम्म चल्ने गर्छ ।
अपरेटिङ सिष्टम:
अहिले चलन चल्तिमा दुई किसिमका अपरेटिङ सिष्टम भएका स्मार्टफोनहरु चलन चल्तिमा रहेका छन् । सबैभन्दा बढी एण्ड्रोइड अपरेटिङ सिष्टम रहेका स्मार्टफोनहरु चलनचल्तिमा रहेको छ भने आईफोनमा मात्र आईओएस चल्ने गर्छ । त्यसैले एण्ड्रोइड अपरेटिङ सिष्टम चल्ने स्मार्टफोन खरिद गर्ने सोचाईमा हुनुहुन्छ भने अहिले एण्ड्रोइडमा आरियो ८ लेटेष्ट अपरेटिङ सिस्टमको रुपमा रहेको छ । यदी तपाईले एण्ड्रोइड नुगेटसम्म भएको स्मार्टफोन खरिद गरेपनि राम्रै हुन्छ ।
क्यामेरा:
अहिले स्मार्टफोनको अर्को महत्वपूर्ण काम भनेको फोटो खिच्नु पनि हो । त्यसैले पछिल्ला स्मार्टफोन निर्माताहरुले धेरै मेगापिक्सेलका क्यामराहरु बजारमा ल्याएका छन् । फ्रन्ट क्यामेरामै दुईवाट लेन्स भएका पनि छन् भने रिअर क्यामेरामा पनि दुई वाट लेन्स भएका पनि आएका छन् । बढी लेन्स भएका क्यामेरा भन्दा पनि तपाईले एउटा लेन्स भएको क्यामेरा जसमा केही बढी मेगापिक्सेल भएको लेन्स भएको भए राम्रो हुन्छ ।































प्रतिक्रिया