प्रतिमिनेट २०० इमेज स्क्यान गर्ने ‘ए३’ प्रिन्टर, सागर ग्रुपले ल्यायो बजारमा

प्रतिमिनेट २०० इमेज स्क्यान गर्ने ‘ए३’ प्रिन्टर, सागर ग्रुपले ल्यायो बजारमा

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । विश्वप्रसिद्ध जापानी ब्रान्ड कोनिका मिनोल्टाले नेपाली बजारमा आफ्नो अत्याधुनिक ए३ कलर मल्टिफङ्कसन प्रिन्टर बिजहब सी२५१आई मोडल ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले यो शक्तिशाली उपकरण भित्र्याएको हो ।

यो प्रिन्टर विशेषगरी मध्यम तथा ठूला कार्यालय, प्रिन्टिङ हाउस, डिजाइन स्टुडियो र व्यावसायिक प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो । यसले उच्च गुणस्तरको कलर प्रिन्टिङ, स्क्यानिङ, कपी र फ्याक्सलाई एउटै उपकरणमा एकीकृत गर्दै कार्यालयको उत्पादकत्वलाई बढाउन मद्दत गर्छ ।

यस प्रिन्टरको सबैभन्दा आकर्षक पक्ष भनेको ए४ साइजमा कालो/सेतो र रङ्गीन दुवैमा २५ पेज प्रति मिनेट (पिपिएम) सम्म र ए३ साइजमा १५ पिपिएमसम्म प्रिन्ट गर्न सक्नु हो । अटोमेटिक डुप्लेक्स प्रिन्टिङ फिचर भएका कारण यो प्रिन्टरले कागजको खपत पनि ५० प्रतिशतसम्म घटाउँछ ।

त्यस्तै, डुअल स्क्यान अटोमेटिक डकुमेन्ट फिडर (एडिएफ) ले एकैपटक दुवै साइड स्क्यान गर्दै २०० इमेज प्रति मिनेट (डुप्लेक्स) सम्मको गति प्रदान गर्छ । १०.१ इन्चको ठूलो कलर टच प्यानल मल्टि–टच सपोर्टले यो प्रिन्टरलाई स्मार्टफोन वा ट्याब्लेट जस्तै सहज अनुभव दिन्छ । क्वाड–कोर प्रोसेसर, ८ जीबी र्याम र २५६ जीबी एसएसडी (वैकल्पिक १ टीबीसम्म) रहेको यो प्रिन्टरले मल्टिटास्किङलाई छिटो र सहज बनाउँछ ।

कनेक्टिभिटीतर्फ यो प्रिन्टरमा १०/१००/१०००–बेस टि इथरनेट, यूएसबी २.०, वैकल्पिक वाई–फाई (८०२.११ एसी) र एनएफसी सपोर्ट उपलब्ध छन् । त्यस्तै एअरप्रिन्ट (आइओएस), मोप्रिया (एन्ड्रोइड), कोनिका मिनोल्टा मोबाइल प्रिन्ट र वाई–फाई डाइरेक्टमार्फत स्मार्टफोन, ट्याब्लेट वा ल्यापटपबाट सिधै प्रिन्ट वा स्क्यान गर्न सकिन्छ ।

पेपर ह्यान्डलिङमा स्ट्यान्डर्डतर्फ ११ सय ५० शिट्स (दुईवटा ५०० शिट ट्रे + १५० शिट बाइपास) देखि अधिकतम ६६ सय ५० शिट्ससम्म विस्तार गर्न सकिन्छ । त्यस्तै म्यानुअल बाइपासतर्फ १२ सय एमएम लम्बाइसम्मको ब्यानर प्रिन्टिङ गर्न सकिन्छ । टोनरहरूले कालो र प्रत्येक कलरमा २८ हजार पेजसम्म उच्च यिल्ड दिन्छन्, जसले प्रति पेज लागत पनि निकै कम गर्छ ।

यो प्रिन्टरमा सुरक्षाका लागि इन्क्रिप्टेड एसएसडी, युजर अथेन्टिकेसन (बायोमेट्रिक/आइसी कार्ड/मोबाइल), रियल–टाइम एन्टिभाइरस स्क्यानिङ (वैकल्पिक बिटडिफेन्डर) र सिक्योर प्रिन्टिङ जस्ता अत्याधुनिक फिचरहरू पनि उपलब्ध छन् । त्यति मात्र होइन यो प्रिन्टरले स्लीप मोडमा अत्यन्त कम बिजुलीको खपत गर्छ ।

यदि तपाईं ए३ कलर सपोर्ट गर्ने, बिजुली जस्तै गति, शक्तिशाली डुअल स्क्यान एडिएफ, स्मार्ट कनेक्टिभिटी र कडा सुरक्षासहितको भरपर्दो मल्टिफङ्कसन प्रिन्टरको खोजिमा हुनुहुन्छ भने बिजहब सी२५१आई तपाईंको व्यवसायिक उत्पादकत्व र दक्षतालाई नयाँ स्तरमा पुर्याउने उत्कृष्ट तथा दीर्घकालीन उपकरण बन्न सक्छ ।

Skip This
Skip This
Logo