टीकापुर
हत्यारालाई सार्वजनिक गरि कारवाहीको माग गर्दै भएको आन्दोलन आक्रामक र उग्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्याँस प्रहार गरेको छ । "/>

टीकापुरमा आन्दोलन चर्किदै : प्रहरीद्वारा ५ सेल अश्रु ग्याँस प्रहार

टीकापुरमा आन्दोलन चर्किदै : प्रहरीद्वारा ५ सेल अश्रु ग्याँस प्रहार

केन्द्रबिन्दु
0
Shares

टीकापुर
हत्यारालाई सार्वजनिक गरि कारवाहीको माग गर्दै भएको आन्दोलन आक्रामक र उग्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्याँस प्रहार गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर घेराउका लागि उत्रिएका आन्दोलनकारीको प्रदर्शनले उग्र रुप लिएपछि आन्दोलनकारीलाई तितर–बितर पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको हो ।

आन्दोलनमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको टीकापुरका प्रहरी उपरिक्षक टीका बहादुर कार्कीले बताए । विगत ४ दिन देखी आन्दोलनमा रहेका मृतकका समर्थकले हत्या आरोपीको बचाउ गरेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरेका छन् । सयौंको संख्यामा रहेका आन्दोलनकारीले मेयर रावलको घर घेराउ गरी आक्रमणको प्रयास गरेको थियो ।

रावलको घरको सुरक्षाको लागि अहिले सयौंको संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । आन्दोलनकारीले रावलको घर आगाडि टायर बालेर चर्को नाराबाजी गरीरहेका छन् । मृतकका परिवारसँगको छलफल पछि मृतक थापाको टीकापुर अस्पतालमा पोष्टमार्टम भए पनि आफन्तले शव बुझेका छैनन् । गत फागुन १७ गते राति टीकापुरमा होली खेल भैरहेको बेला खुल्ला खेलमैदानमा सितापुरका–२२ वर्षिय करण थापाको हत्यापछि १२ जनालाई नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo