पोखरा
प्रदेश नम्बर ४ को नामाकरण यतिबेला बहसको विषय बनेको छ । तर नाम के राख्ने भन्नेबारे हाल सम्म प्रदेशसभाका कुनै पनि सदस्य र दलले खुलेर बोल्न सकेका छैनन् । केही दिन अघि प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले पर्वतमा आयोजित एक कार्यक्रममा प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी विषयमा छलफल हुने बताए पनि यो नै नाम रहने भनेर संकेत गर्न सकेनन् ।
प्रदेशसभा अर्थात संसद बैठक सोमबार बस्दैछ । प्रदेशसभा बैठकमा यो विषयले प्राथमिकता पाउने सभावना छ । तर सो बैठकले प्रदेश नामाकरण गर्ने निश्चित नभएको सांसदहरु बताउँछन् । फागुन १२ गते प्रदेश नम्बर ६ को नाम संसद्को सर्वसहमतिमा ‘कर्णाली’ नामाकरण भयो । सत्तापक्ष तथा प्रतिपक्ष दुवैले यसलाई सहर्ष स्वीकारे । संविधान कार्यान्वयन प्रक्रियासँगै मुलुकका सात प्रदेश मध्ये प्रदेश ६ ले नामाकरणमा कीर्तिमान कायम गर्यो । अन्य प्रदेशसभाले पनि कर्णालीमा जस्तै बुद्धिमत्ता प्र्रदर्शन गर्न सक्नु पर्ने बुद्धिजीवीहरु बताउँछन् ।
नागरिकबाट































प्रतिक्रिया