यदी तपाई कुनै किसिमको पिडा महसुस भैरहेको छ भने त्यो बेलामा आफ्नो पार्टनरको हातलाई समाउदा पिडा धेरै नै कम हुने कुरा हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।
अर्थर युनिभर्सिटी अफ कोलोराडाले गरेको अनुसन्धान अनुसार कुनै पनि ब्यक्तिलाई पिडा हुदाँ आफ्नो पार्टनरको हात समाउदा मस्तिष्कमा एक किसिमको तरंग प्राप्त हुन्छ । यो तरंगको मद्धतले गर्दा उसले सहानुभुती र आराम भएको महसुस गर्छ जसको कारण उक्त ब्यक्तिलाई पिडा कम भएको आभाष हुन्छ ।
युनिभर्सिटीका पाबेल गोल्डस्टिनका अनुसार पछिल्लो पटक मानिसले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरेर आफुलाई आरामदायी जिन्दगी विताउने बनाए । तर हामीले मानिसवाट निस्कने तरंगको पहिचान भने गर्न सकेका छैनौ । यसलाई शरीर संवाद पनि भनिन्छ । हो यो विषयमा जति धेरै अनुसन्धानहरु हुन्छन् त्यतिनै राम्रा नतिजाहरु देखा पर्ने छन् ।
यो अनुसन्धानको नतिजालाई हालै प्राक्टिसिङ आफ नेसनल एकेडेमी अफ साईन्सको जर्नलमा प्रकाशित भएको थियो । यो अनुसन्धानमा २३ देखि ३२ बर्षका विभिन्न आत्मिय जोडीहरुलाई समावेश गरिएको थियो । यसरी समावेश भएका जोडीहरुको एकअर्का विचको आत्मियता १ बर्ष भन्दा बढी समय देखि भएको थियो । उनीहरुलाई विभिन्न परिस्थितीवाट गुजारेर उनीहरुको इसिजी लिएर उनीहरुको मस्तिष्कको तरंगहरुको वारेमा बिश्लेषण गरिएको थियो ।
यो वाहेक केही जोडीहरुलाई हात समातेर एक अर्कासंग बस्न दिईएको थियो भने कसैलाई अलग अलग कोठामा राखिएको थियो । यस्तो अवस्थामा जब कसैलाई अप्ठ्यारो भएर आफुलाई पिडा भएको महसुस हुन्थ्यो । तर उनीहरुलाई साथै राख्दा एक अर्कालाई आराम भएको महसुस हुने गथ्र्यो ।





























प्रतिक्रिया