अरब सागरमा अमेरिकी–इरान तनाव बढ्यो, अमेरिकी सेनाले इरानी ड्रोन खसाल्यो

अरब सागरमा अमेरिकी–इरान तनाव बढ्यो, अमेरिकी सेनाले इरानी ड्रोन खसाल्यो

केन्द्रबिन्दु
42
Shares

एजेन्सी। अरब सागरमा अमेरिकी र इरानबीच तनाव बढ्ने संकेत देखिएको छ । अमेरिकी सेनाले आफ्नो युद्धपोततर्फ आएको इरानी ड्रोन खसालेको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यूएसएस अब्राहाम लिंकन विमानवाहक पोतबाट उडेको एफ–३५सी लडाकु विमानले आत्मरक्षाका लागि ड्रोन खसालेको हो । ड्रोन इरानी तटबाट करिब ५०० माइल टाढा जहाज नजिक पुगेको जनाइएको छ । घटनामा अमेरिकी पक्षमा कुनै क्षति वा घाइते नभएको बताइएको छ ।

घटना अमेरिका र इरानबीच बढ्दो तनावका बीच भएको हो । अमेरिकाले इरानलाई परमाणु कार्यक्रम सीमित गर्न चेतावनी दिँदै आएको छ भने इरानले सम्भावित आक्रमणले क्षेत्रीय युद्ध निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

यसैबीच अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिकी झण्डावाहक व्यापारिक जहाजलाई इरानी सुरक्षाबलले हैरानी दिएको आरोप पनि लगाएको छ । घटनाबारे इरानले औपचारिक प्रतिक्रिया दिएको छैन ।

Skip This
Skip This
Logo